बलिउडका चर्चित कमेडियन विजय राज रिहा भएका छन् । फिल्म ’रन’ मा ’कौवा बिरयानी’ को दृश्यबाट लोकप्रिय बनेका विजय राजलाई भारतीय प्रहरीले मंगलबार महाराष्ट्रको गोन्दिया जिल्लाबाट पक्राउ गरेको थियो। भारतिय मिडियाका अनुसार उनलाई स्थानीय अदालतले जमानतमा रिहा गर्न आदेश दिएको बताइएको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
फिल्म सेटमा एक महिला कलाकारलाई दुर्व्यवहार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ । विजयराज आफ्नो टोलीसँग मध्य प्रदेशको बालाघाटमा थिए, जहाँ उनी आफ्नो फिल्म ’शेरनी’ को सुटिङका लागि आएका थिए। महिला कलाकारले रामनगर प्रहरी चौकीमा दुर्व्यवहार गरेको मुद्दा दर्ता गराएपछि विजयलाई पक्राउ गरिएको थियो।
Advertisements



JUNGLE






from the
city


