बलिउडमा ड्रग्स प्रकरणमा बाहिरीयो दीपिका पादुकोणको नाम

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा ड्रग्स सेवनको विषय सतहमा आएको छ । एनसीबीको अनुसन्धानमा कैयन् बलिउड कलाकार मुछिएका छन् । तीमध्ये ड्रग्स लिने गरेको भन्दै दीपिका पादुकोणको नाम पनि जोडिएको छ । दीपिका बलिउडकी सफल हिरोइन मात्र होइनन्, उनी आफ्नो सुन्दरताका साथै बौद्धिक पनि मानिन्छिन् । दीपिकाका पिता प्रकाश पादुकोण आफ्नो जमानाका राम्रा ब्याण्डमिन्टन खेलाडी थिए । दीपिका पनि खेलाडी बन्ने धाउन्नमा लामो समय बिताइन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

तर, पछि उनले सबै छोडेर अभिनय यात्रा थालिन् । उनलाई यो क्षेत्रमा रुचाइयो पनि । बीचमा एउटा यस्तो पनि समय आएको थियो, जुन बेला दीपिकाले डिप्रेसनको सामना गर्नुपरेको थियो । यो प्रेमको कारण थियो । रणवीर कपूरसँग ब्रेकअप भएपछि उनी डिप्रेसनमा पुगेकी थिइन् । रणवीर र दीपिकाको प्रेमको खुबै चर्चा हुने गर्थ्यो । दीपिकाले रणवीरलाई यति चाहन्थिन् कि, उनीसँगै घर बसाल्ने सपना देखिन् । तर, यो सम्बन्ध लामो समय टिक्न सकेन । उनीहरुको ब्रेकअप भयो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यसको कुनै ठोस कारण थिएन । बरु रणवीर दीपिकासँग बिहे गर्न तयार थिएनन् । दीपिकाको जोड भने बिहेमा थियो । रणवीरको परिवारलाई पनि दीपिका मन परेको थिएन । जुन कारण यो सम्बन्ध विवाहमा पुग्न सकेन । दीपिका र रणवीर अलग भएपछि यसको असर दीपिकालाई झन् बढी पर्यो । रोमान्टिक रणवीरलाई यो कुराले खासै प्रभावित पारेन । तर, दीपिकालाई यसले असर पार्यो । यसबीचमा उनले आफूलाई भुलाउन अरु विकल्पको खोजी गरिन् । पछि दीपिकालाई रणवीर सिंहसँग आफ्नो मन साटिन् । उनीहरुले बिहे गर्न समय लगाएनन् । बिहे गरेपछि रणवीर र दीपिका खुशी छन् ।

यता रणवीर कपूर पनि आलिया भटसँगको प्रेमसम्बन्धका कारण चर्चामा छन् । दीपिकाले अतीत भुलेर नयाँ जीवनको शुरुवात गरेकी छिन् । तर, उनीमाथि पुनः ड्रग्स लिएको भन्दै नाम जोडिएको छ । वास्तविकतामा जे भए पनि यसले दीपिकाको करिअरमा भने असर पार्न सक्छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु