७८ वर्षीय बलिउड अभिनेता अमिताभ बच्चनको आँखाको शल्यक्रिया भएको छ। बलिउड हंगामाका अनुसार अमिताभ निकट मित्रले उनको आखाँको लेजर शल्यक्रिया भएको बताएका हुन्। अमिताभले शनिबार ट्विटरमार्फत आफ्नो शल्यक्रिया हुने संकेत दिएका थिए। उनले ट्विटमा लेखेका थिए, ‘चाहिनेभन्दा अलि बढी नै बढिरहेको छ। शल्यक्रिया गर्नुपर्ने भयो। यो जीवनको भोलिको कुरा हो। के(कस्तो हो भोलि नै थाहा हुनेछ।’


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
अमिताभको यस्तो ट्विटमा उनका शुभचिन्तकहरू निकै चिन्तित भए। आफ्नो स्वास्थको ख्याल राख्न भन्दै धेरैले ट्विटरमै प्रतिक्रिया जनाएका थिए। तर शल्यक्रियापछि अमिताभको स्वास्थ एकदमै ठिक भएको जनाइएको छ। अमिताभले बलिउड हंगामालाई भनेका छन्, ुत्यस्तो ठूलो केही होइन। मोतीबिन्दु हटाउन लेजरमार्फत आखाँको सर्जरी गरेको हो। उनी अबको २४ घण्टामा घर फर्कने छन्।ु अमिताभ सफल शल्यक्रिया गराइ सोमबार घर फर्कने बताइएको छ।



JUNGLE






from the
city


