सन् १९९० को सुपरहिट बलिउड सिनेमा ‘आशिकी’का अभिनेता राहुल रोयलाई ब्रेन स्ट्रोक भएको छ। उनलाई कारगिलमा आधारित सिनेमा ‘एलऐसी-लिभ द ब्याट’को सुटिङका दौरान ब्रेन स्ट्रोक भएको हो। हाल उनको मुम्बईस्थित नानावती अस्पतालमा उपचार भइरहेको छ। ५४ वर्षीय अभिनेता रोयलाई ७ दिन अगाडि सुटिङका क्रममा ब्रेन स्ट्रोक भएको भारतीय संचारमाध्यमहरूले जनाएका छन्। उनलाई २८-२९ नोभेम्बरको राति १.२५ वजे नानावती अस्पतालमा भर्ना गरिएको हो । हाल उनलाई आइसियूमा राखेर उपचार गरिराखिएको छ। रोयका भिनाजुले एक भारतीय अनलाइनलाई उनको स्वास्थ्यस्थितिमा सुधार भइरहेको बताएका छन्।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185