बलिउड अभिनेता वरुण धवनलाई कोरोना संक्रमण देखिएको छ। यसबारे वरुण आफैले इन्स्टाग्राममार्फत जानकारी गराएका हुन्। हिन्दुस्तान टाइम्स अनुसार, वरुण फिल्म ‘जुग जुग जिओ’ को सुटिङ चलिरहेको बेला कोरोना संक्रमण पुष्टि भएको हो। फिल्म चन्दिगढमा सुटिङ भइरहेको थियो। इन्स्टाग्राममा वरुणले साथीहरूसँग भिडिओ च्याट गरेको स्क्रिनसट पोष्ट गर्दै लेखेका छन्, ‘भिटामिन साथीहरू, महामारी समयमा पनि म काममा फर्कें। हाम्रो प्रोडक्सन टोलीले सावधानीका सबै उपायहरू पनि अपनाएकै थियौं। तर त्यतिले काफी भएन क्यारे१ थप सतर्कताको आवश्यक छ। सबैजना सुरक्षित रहौं।’


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
उनले आफ्ना प्रशंसकलाई भनेका छन्, ‘मैले तपाईंहरूको शुभकामना मेसेजहरू पाए। त्यसको लागि हृदयबाटै धन्यवाद! अभिनेता वरुण मात्र होइनन्, फिल्ममा उनको सहकर्मी नितु कपुर र फिल्मका निर्देशक राज मेहतासमेतलाई समेत कोरोना संक्रमण पुष्टि भएको हिन्दुस्तान टाइम्सले लेखेको छ। फिल्म टोलीका अभिनेता अनिल कपुर र अभिनेत्री कायरा आडवाणीको रिपोर्ट भने नेगेटिभ आएको छ।



JUNGLE






from the
city


