बलिवुडमा ड्रग्स प्रकरणमा एनसीबीले भारतीपछि उनका पति हर्षलाई समेत लियो हिरासतमा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 39
  •  
  •  
  •  
  •  
    39
    Shares

बलिवुडमा ड्रग्स प्रकरणको अनुसन्धान गरिरहेको भारतको नारकोटिक्स कंट्रोल ब्यूरो (एनसीबी) ले कमेडियन भारती सिंहपछि उनका पति हर्ष लिम्बाचियालाई समेत हिरासतमा लिएको छ । हर्षसँग १५ घण्टासम्म बयान लिएपछि उनलाई पनि हिरासतमा लिएको हो । बयानका क्रममा हर्षले पनि गाँजा सेवन गर्ने गरेको स्वीकार गरेका छन् । यस अघि भारतीले पनि गाँजा सेवन गरेको स्वीकार गरेपछि एनसीबीले उनलाई पहिला हिरासतमा लिएको थियो । शनिबार उनको कार्यलय र घरमा छापा मार्दा गाजा बरामद भएको थियो । एनसीबीले भारती र उनका पति हर्षलाई आज अदालतमा पेश गर्दै छ । एनसीबीले भारती र उनका पति हर्षका म्यानेजर र ड्राइभरसँग समेत बयान लिएको छ । मिडिया रिपोर्टका अनुसार उनीहरुले ड्रग्स किन्ने ठाउको समेत पत्ता लागेको बताइएको छ । एनसीबीले भारती र हर्षको घरबाट ८६.५ ग्राम गाँजा बरामद गरेको जानकारी दिदै उनीहरुलाई मादक पदार्थ सेवनसम्बन्धि कानुन अन्तर्गत हिरासतमा लिएको बताएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

बलिवुड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि ड्रग्स एंगलबाट छानबिन गर्दै कैयौ बलिवुड सेलिब्रेटीलाई निशाना बनाएर अनुसन्धान गरिरहेको छ । यस अघि एनसीबीले अभिनेता अर्जुन रामपालको घरमा छापा मार्नुका साथै उनी र उनकी प्रेमिका गैब्रिएला डेमेट्रिएड्ससँग बयान पनि लिइसकेको छ । एनसीबीले निशाना बनाएका मुम्बई र गोवामा रहेका सेलिब्रेटी बस्ने होटल र उनीहरुका निजी फार्म हाउसमा गरिएको छापा मारीमा अहिलेसम्म ड्रग्स नभेटिएको बताइएको छ । एनसीबीले ड्रग्स प्रकरणमै यस अघि अभिनेत्री दीपिका पादुकोन, श्रद्धा कपुर, रकुलप्रित सिंह, सारा अली खानसँग बयान लिइसकेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

के छ सजायको कानुनी व्यवस्था ?
भारती र हर्षको घरबाट बरामद भएको गाँजाको मात्र कम भएकोले सजायको व्यवस्था कम रहेको छ । भारतको कानुन अनुसार एक हजार ग्राम भन्दा कम गाँजा सम्म छ महिनाको जेल सजाय या १० हजार जरिवाना तथा दुवै सजाय समेत हुनसक्छ । त्यस्तै २० किलो भन्दा बढी गाँजा राखेको पाइएमा २० बर्षसम्म जेल सजाय हुने व्यवस्था रहेको छ । यसको बीचको मात्रामा १० बर्षको जेल सजाय हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु