बलिवुड गायिका नेहा कक्कर पञ्जाबी गायक रोहनप्रीत सिंहसँग बिहे गर्दै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

बलिवुड गायिका नेहा कक्करको बिहेको चर्चा चलिरहेको छ। विभिन्न समयमा बिहेकै प्रसंगले चर्चामा रहने नेहाको यसपटक एक पञ्जाबी गायकसँग बिहे हुने चर्चा भइरहेको छ। चर्चाहरुका अनुसार यही २४ अक्टोबरमा नेहाले पञ्जाबी गायक रोहनप्रीत सिंहसँग बिहे गर्दैछिन्। रोहनप्रीत सिंह पञ्जाबका चल्तीका गायक हुन्। उनी थुप्रै पटक टेलिभिजन रियालिटी शोहरुमा सहभागी भएका छन्। सन् २०१८ मा आयोजित ‘राइजिङ स्टार–२’ का उनी फस्र्ट रनर–अप हुन्।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

१३ वर्षअघि उनी सन् २००७ मा सारेगमपको लिटिल च्याम्पसमा सहभागी उनी आफ्नो आवाजको जादूले त्यतिबेला पनि फस्र्ट रनर–अप बन्न सफल भएका थिए। सन् २०१७ मा पहिलो गीत ब्याङब्याङ सार्वजनिक गरेका उनले त्यसपछि तकलीफ, पहली मुलाकात, हेल्लो हाईलगायतका चर्चित गीत गाएका छन्। रोहनप्रीत यस वर्षको रियालिटी टिभी शो ‘मुझसे शादी करोगे’ मा देखिएका थिए। केही समयअघि नेहा र रोहनले एक म्यूजिक भिडियो बनाएका थिए।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

जसमा नेहाले हिराको औँठी माग्दै लकडाउनमा बिहे गर्ने प्रस्ताव गरेकी थिइन्। यो भिडियोपछि उनीहरु दुवै जनाका शुभेच्छुकहरुले बिहे गर्न शुभेच्छा प्रकट गरेका थिए। नेहाको बिहेको चर्चा पटकपटक हुने गरेकाले कतिपय भारतीय सञ्चारमाध्यमहरुले यसपटकको चर्चा पनि चर्चामै सिमित हुने हो कि भन्ने आशंका प्रकट गरेका छन्।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु