काठमाडौँ । बहराइनको राजपरिवार नेपाल घुम्न लालायित भएको छ । खासगरी बहराइनमा नेपालको पर्यटकीय क्षेत्र, कला र संस्कृतिको प्रचारप्रसार भएपछि राजपरिवार नै नेपाल घुम्न उत्साहित भएको जनाइएको छ । नेपालका राजदूत पदम सुन्दासले बहराइनका राजपरिवार र जनता नेपाल घुम्न उत्साहित रहेको बताए । त्यसै क्रममा बहराइनका राजकुमार नासिर बिन हमाद अल खालिफासहितको समूह नेपाल आउने अन्तिम तयारीमा छ । नेपाल सरकारले उनीहरुको भ्रमणको स्वीकृति दिइसकेको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
राजदूत सुन्दासले बहराइनका राजकुमार नासिर नेपालको ट्रेकिङमा आउने कुरा टुङ्गो लागिसकेको जानकारी दिए। उनले भने, “नेपाल सरकारले बहराइनका राजकुमार आउने प्रस्ताव सहर्ष स्वीकार गरेको छ । उहाँहरूको पासपोर्ट दूतावासमा आउने क्रममा छ । यहाँ आएपछि हामी मन्त्रालयमा पठाउँछौँ । ” त्यसै क्रममा रोयल गार्ड बहराइनको टोलीले हिमाल आरोहण गर्नेछ । टोलीको नेतृत्व पनि राजकुमार नासिरले गर्नेछन् । त्यस क्रममा सगरमाथामा बहराइनको झण्डा फहराउन राजकुमार नासिरले आरोहण टोलीलाई हस्तान्तरण गरिसकेको नेपाली दूतावासले जनाएको छ ।



JUNGLE






from the
city



कोभिड–१९ का कारण नेपालमा भ्रमण वर्ष २०२० स्थगित भए पनि भ्रमण वर्षलाई लक्षित गरी नेपाल र बराइनको दौत्य सम्बन्ध ४३ वर्ष पुगेको अवसरमा बहराइनमा गरेका कार्यक्रमको प्रभाव राजपविार र जनस्तरमा राम्रो परेको राजदूत सुन्दासले बताए । आजको गोरखापत्रमा समाचार छापिएको छ।