अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाएको हल्लालाई आधार मान्ने हो भने एप्पलको बहुप्रतिक्षित आईफोन ट्वेल्भ अक्टोबर १३ अर्थात आउँदो मंगलबार सार्वजनिक हुने भएको छ । ‘हाई स्पीड’ ट्यागलाईन सहित कम्पनीले उक्त फोन सार्वजनिक गर्न लागेको खबर अनलाइन मिडियाले सम्प्रेषण गरिरहेका छन् । एप्पलले सार्वजनिक गरेको पोस्टरका अनुसार कार्यक्रम अमेरिकी समयअनुसार बिहान १० बजे एप्पल पार्कमा आयोजना हुनेछ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
कम्पनीले उक्त भर्चुअल इभेन्टको बारेमा पूर्ण जानकारी नदिए पनि लामो समय चर्चामा रहेको आइफोन ट्वेल्भ सिरिजका स्मार्टफोनका साथै ओभर–ईयर हेडफोन लगायतका डिभाइस सार्वजनिक हुने अपेक्षा गरिएको छ । हालसम्म सार्वजनिक भएको जनाकारी अनुसार आईफोन ट्वेल्भ सिरिजमा चारवटा स्मार्टफोन सार्वजनिक हुनेछन् । जसमा आईफोन मिनी, प्रो, म्याक्स हुन सक्ने अपेक्षा गरिएको छ ।



JUNGLE






from the
city



यसमध्ये आईफोन मिनीमा ५.४ इन्चको डिस्प्ले रहनेछ, जुन सिरिजकै सबैभन्दा सस्तो फोन हुनेछ । त्यस्तै आईफोन ट्वेल्भ सिरिजमा फाइभजी सपोर्ट र ए१४ बायोनिक चिपसेट हुनसक्ने अनुमान गरिएको छ । यो इभेन्ट नेपाली समयअनुसार आउँदो मंगलबार राती १०ः४५ बजे सुरु हुनेछ । एप्पलको वेबसाइट, एप्पल टिभी एप र युट्युबमा यो इभेन्टको प्रत्यक्ष प्रसारण हुनेछ ।