पत्रकार जमाल खशोग्गीको हत्या गर्न राजकुमार मोहम्मद बिन सलमानले प्रत्यक्ष निर्देशन दिएको गुप्तचर रिपोर्ट सार्वजनिक गरेपछि अमेरिका र साउदी अरब बीचको सम्बन्ध चिसिएको छ। यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले साउदीमाथि कस्तो रवैया अपनाउने भनी सोमबार घोषणा हुने बताएका छन्।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
खशोग्गीको हत्याबारे सनसनीपूर्ण रिपोर्ट सार्वजनिक भएपछि यतिखेर बाइडेनले साउदी मामिलामा गर्ने घोषणालाई लिएर सर्वत्र चासो छ। रिपोर्ट सार्वजनिक गरेपनि आवश्यक निर्णय नगरेका कारण बाइडेनको आलोचना भइरहेको छ। अमेरिकी अखबार वासिङटन पोष्टले एक सम्पादकीयमा साउदीका राजकुमारविरुद्ध कडा रबैया अपनाउन आवश्यक रहेको, तर बाइडेनले यसो नगरेको लेखेको छ।



JUNGLE






from the
city



सन् २०१८ मा टर्कीको स्तानबूलस्थित साउदी उच्चायोगमै पत्रकार खशोग्गीको हत्या भएको थियो। उनको शवलाई टुक्रा–टुक्रा पारी नष्ट गरिएको थियो। खशोग्गीको हत्याले विश्व नै तरंगित भएको थियो र साउदी सरकार अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारका मामिलामा निकै क्रुर रहेको भन्दै आलोचना भएको थियो।