बागलुङ नगरपालिका–१ निरहेघाट नजिकै सुख्खा पहिरोमा ट्याक्टरसहित पुरिएका चालक रोशन भनिने धनबहादुर किसानको शव फेला परेको छ ।
बागलुङ नगरपालिका–५ मालिकाका २५ वर्षीय किसान शनिबार राति पहिरोमा पुरिएका थिए । उनीसँगै बेपत्ता भएका अर्का एक टिपर चालकको खोजी भइरहेको प्रहरी निरीक्षक दीपक रेग्मीले जानकारी दिए ।
सुख्खा पहिरो झरिरहेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ । पहिरोमा परी स्काभेटर, ट्याक्टर र टिपर पुरिएका थिए ।
बागलुङको सुख्खा पहिरोमा ट्याक्टरसहित पुरिएका चालकको शव फेला प-यो
- सिम्रिक खबर
- • ६ महिना अगाडि