बाढीपहिरोले तनहुका ७१ परिवार विस्थापित

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

दमौली, ४ साउन
गत असार २८ र २९ गतेको बाढीपहिरोबाट तनहुँको म्याग्दे गाउँपालिकाका ७१ परिवार विस्थापित भएका छन् । बाढीपहिराले घर भत्किएपछि सातवटै वडाका ती परिवार विस्थापित भएका हुन् ।
म्याग्दे गाउँपालिका–१ का ७, वडा नं २ का २७, वडा नं ३ का ८, वडा नं ४ का २, वडा नं ५ का ५, वडा नं ६ र वडा नं ७ का १४ परिवार विस्थापित भएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले बताईन् ।  विस्थापित भएकाहरु छिमेकीको घरमा र सामुदायिक भवनमा आश्रय लिएर बसिरहेका छन् ।
विस्थापित भएकाहरुलाई गाउँपालिकाले राहत वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष रानाका अनुसार ती परिवारलाई नगद रु पाँच हजार र दैनिक उपभोग्य वस्तुहरु प्रदान गरिएको छ । “ गाउँपालिका आफ्ना वासिन्दाप्रति उत्तरदायी छ, जनताको दुःखमा सहयोग गर्नु गाउँपालिकाको दायित्व हो,” उनले भने, “पहिलो चरणमा प्राप्त तथ्याङ्कका आधारमा राहत सहयोग गरेका छौँ ।”
विस्थापित भएका घरधुरीको तथ्याङ्क सङ्कलन गर्ने क्रममा पहिलो चरणमा ७१ परिवारलाई राहत वितरण गरिएको र बाँकीलाई क्रमशः वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताए ।
उनका अनुसार अन्य जोखिममा रहेका बासिन्दालाई पनि वडाबाट प्राप्त हुने विवरणका आधारमा राहत वितरण गरिनेछ ।
घरघरमा जनप्रतिनिधि
गत असार २८ गते आएको बाढीपहिराका कारण भएको क्षतिको विवरण सङ्कलन गर्न शुक्लागण्डकी नगरपालिकाका जनप्रतिनिधि घरघरमै पुग्न थालेका छन् । नगरपालिकाका १२ वटै वडामा बाढीपहिराले क्षति भएकाले त्यसको यकिन तथ्याङ्क सङ्कलन गर्नका लागि जनप्रतिनिधिले अनुगमन सुरु गरेका हुन् ।
बाढीपहिराका कारण शुक्लागण्डकीका घर, सामुदायिक भवन, सडक, पुल, कुलो, मठमन्दिर, खानेपानी पाइप, बिजुलीको पोललगायत भौतिक संरचनामा क्षति पु¥याएको छ । क्षतिको निरीक्षण गर्नका लागि नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले शुक्रबारदेखि अनुगमन सुरु गरेको नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिए ।
नगरप्रमुख किसान गुरुङ नेतृत्वको टोलीले वडा नं २, उपप्रमुख सविता रसाइलीको टोलीले ८ र ९, प्रवक्ता कुमालको टोलीले ५ र प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीको टोलीले ३, ६ र ७ का विभिन्न स्थानमा पुगेर निरीक्षण गरेको छ ।
उक्त टोलीमा सम्बन्धित वडाका प्राविधिकसमेत रहेका छन् । प्राविधिकले क्षतिको तत्कालै लागत अनुमान निकाल्ने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए । “क्षतिग्रस्त संरचनाको तथ्याङ्क लिने र पीडामा रहेका नागरिकलाई सान्त्वना दिने गरेका छाँै ।” उनलृ भनृ ।
तथ्याङ्क सङ्कलनपश्चात् घर भत्किएकालाई पहिलो प्राथमिकता दिएर व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ । “घर भत्किएकालाई तत्कालै व्यवस्थापन गर्नेछौँ । त्यसपछि उच्च जोखिममा रहेकालाई स्थानान्तरण गर्ने र पहिराले अवरुद्ध मुख्य सडकहरु खुलाउने लगायतका काम गरिनेछ”, सुवेदीले भने ।
जिल्ला प्रशासन कार्यालयले बाढीपहिराका कारण जिल्लामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको जनाएको छ । बाढीपहिराबाट जिल्लामा ठूलो नोक्सानी भएको र त्यसको यकिन तथ्याङ्क लिने काम भइरहेको प्रजिअ बद्रीनाथ अधिकारीले जानकारी दिए ।
:रासस

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु