बाढी पहिरो पीडितलाई नेपाल तरुण दलको राहत

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 26
  •  
  •  
  •  
  •  
    26
    Shares

भोटेकोसी र बाह्रबिसेका बाढी पहिरो पीडितलाई नेपाल तरुण दल सिन्धुपाल्चोकले खाद्यान्न र नगद राहत वितरण गरेको छ ।
कोदारी र फुल्पिङमा रहेका एक सय पीडितलाई सय बोरा चामल, ७४ थान त्रिपाल र पहिरोमा परेर मृत्यु भएका परिवारलाई नगद ३० हजार राहत प्रदान गरिएको तरुण दल सिन्धुपाल्चोकले जनाएको छ ।
त्यसैगरि तातोपानी भन्सार कार्यालयको एजेन्ट हलमा रहेका १९ सुत्केरी तथा गर्भवती महिला र बालबालिकालाई २० हजार नगद र हर्लिक्स वितरण गरेको छ । घर बारविहीन भएर अन्य कुनै विकल्प नभएका अति पीडित कोदारी निवासी सर्की शेर्पालाई नगद ३० हजार राहत दिएको तरुण दल जिल्ला अध्यक्ष दोर्जे लामाले बताए ।
कोदारी राजमार्ग बन्द भएकोले अध्यक्ष लामा नेतृत्वमा ३० युवाले खाद्य सामग्री बोकेर तातोपानी पुर्याएका थिए । त्यस्तैगरि बाह्रबिसे जम्बुका पीडितलाई ९९ हजार नगद दिएको छ । जम्बुमा विस्थापित परिवार मध्ये बिरामी, सुत्केरी तथा गर्भवती महिला र बालबालिकाको पोषणको निम्ति नगद प्रदान गरिएको हो ।
तरुण दल केन्द्रीय विभागका सदस्य पासाङ नोर्बु लामाले पनि तरुण दलको राहत कार्यक्रममा व्यक्तिगत सहयोग गरेका थिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु