बाढी र पहिरोका कारण ७ जनाको मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 26
  •  
  •  
  •  
  •  
    26
    Shares

६ साउन, काठमाडौँ । लगातारको वर्षापछि झरेको पहिरो, बाढीका कारण गत २४ घण्टामा ६ जिल्लामा ७ जनाको मृत्यु भएको छ ।
पहिरोबाट दार्चुलामा दुई जना, तनहुमा दुई जना र काठमाण्डौँको कागेशवरी मनोहरामा एक जना, तेह्रथुममा एक गरी पहिरो र बाढीमा परी ७ जनाको मृत्यु भएको गृह मन्त्रालय मातहतको आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
त्यसैगरी गोरखामा एक जना र धादिङमा एक जना गरी दुइ जना वेपत्ता भएका छन् ।
सडक विभागका अनुसार विभिन्न खोला र नदीमा बनेका विभिन्न पुलहरूमा पनि लगातारको वर्षापछिको बाढीले क्षति पुगेको छ । सडकहरूमा जताततै पहिरो खस्ने र नदीले कटान गर्ने क्रम बढेपछि सडक विभागले अत्यावश्यक काममाबाहेक राजमार्ग भएर यात्रा नगर्न अनुरोध गरेको छ ।
अहिलेसम्म मुलकुभरका बिभिन्न राजमार्गमा १५ भन्दा धेरै ठाउँमा पहिरो र बाढीका कारण आवतजावत बन्द रहेको केन्द्रका प्रमुख मुरारी वस्तीले बताए ।
विभागका महानिर्देशक केशवकुमार शर्माले देशभरका सडकहरूमा पहिरो जाने, भासिने र नदीले कटान गर्ने समस्या देखिएको बताए ।
विभागले देशभर १ सय ९८ वटा मेसिन परिचालन गरेर सडक खुलाउने प्रयास भने गरिरहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु