बार्सिलोनाका स्टार फुटबलर लियोनल मेस्सी प्रशिक्षणका लागि कम्यापमा फर्किएका छन्। क्लबमा रोनाल्ड कोइम्यान नयाँ म्यानेजरका रुपमा आएपछि मेस्सी पहिलोपटक प्रशिक्षणमा आएका हुन्। गत अगस्ट २५ मा मेस्सीले आफू बार्सिलोनाबाट बाहिरिन चाहेको भन्दै ट्रान्सफर रिक्वेस्ट पठाएका थिए। क्लब छाड्ने ‘मुड’ बनाइसकेका मेस्सी खेलाडीहरुको कोभिड १९ परीक्षणमा समेत सहभागी भएका थिएनन्।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
तर क्लब छाड्न तिर्न पर्ने ७०० मिलियन युरोको रिलिज क्लज कसैले तिर्न नसक्ने भएपछि मेस्सीले गत शुक्रवार उक्त निर्णय फिर्ता लिएका थिए। सेप्टेम्बरमा बार्सिलोनाले भिलाररिलसँग प्रतिस्पर्धा गर्दै लालिगा क्याम्पेन सुरु गर्दैछ।
Advertisements



JUNGLE






from the
city


