सब्सिच्युट खेलाडी ओसमाने डेम्वेलेको गोल सहयोगमा क्याटलान क्लब बार्सिलोना घरेलु मैदानमा हारबाट जोगिएको छ । बार्सिलोनाले एइवरसँग १–१ गोलको बराबरी खेल्दै अंक बाड्न बाध्य बनेको हो । मुख्य खेलाडी तथा कप्तान लियोनेल मेस्सी चोटका कारण टोलीमा अनुपस्थित रहँदा टोलीले ७३ प्रतिशत बल पोसेसन राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । बार्सिलोनाको केही प्रहारमा गोलरक्षक डिमिट्रोभिक बाधक बनेको थियो । यो बराबरीसँगै बार्सिलोना १५ खेलबाट २५ अंक जोडेर छैटौ स्थानमा रहेको छ । बार्सिलोनालाई रोकेको एइवर १६ अंक जोडेर १५औं स्थानमा रहेको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185