बार्सिलोना ला लिगा प्रतिद्वन्द्वी क्लब एट्लेटिको मड्रिडलाई आफ्ना फरवार्ड लुइस सुआरेज बेच्न तयार भएको छ। सुआरेज आफै पनि बार्सिलोना बस्न चहादैँन थिए। मड्रिडमा जाने भएसँगै सुआरेजको ६ बर्षे बार्सिलोनाको करिअर पनि अन्त्य भएको छ। पासपोर्टमा समस्या देखिएपछि सुआरेजको यूभेन्ट्स जाने इच्छा अधुरो रहेको थियो। त्यसपछि उनी न्यून तलबमा एट्लेटिको जान तयार भएका हुन। एट्लेटिकोले सुआरेजका लागि न्यूनतम ४ मिलियन यूरोभन्दा बढी रकम उनका लागि नतिर्ने भएको छ। बार्सामा ६ वर्ष बिताउँदा सुआरेजले २८३ खेल खेल्दै १९८ गोल गरे। २०१४ मा उनी लिभरपुलबाट ७४ मिलियन पाउण्डमा बार्सिलोनासँग अनुबन्ध भएका थिए। बार्सिलोनामा उनले चार च्याम्पियन्स लिग र चार कोपा डेल रेको उपाधि जिते। यस्तै उनले २०१५ मा च्याम्पियन्स लिग र क्लब विश्वकपको उपाधि पनि बार्सिलोनाबाट जिते।
बार्सिलोना एट्लेटिको मड्रिडलाई फरवार्ड लुइस सुआरेज बेच्न तयार
- सिम्रिक खबर.
- • ७ महिना अगाडि