केही समय यतादेखि एप्पलको आइफोन १२ मा धेरै गम्भीर समस्या देखिरहेको गुनासो आएको थियो। डिस्प्ले हरियो हुने, सिग्नल नदिने र ब्याट्री चाँडै सकिने जस्ता समस्या आइफोन १२ प्रयोगकर्ताले भोगिरहेका थिए। हालै भने एप्पलले आफ्ना नयाँ आइफोनमा फेरि अर्को समस्या देखा परेको पुष्टि गरेको अमेरिकी म्यागजिन फोर्ब्सले बताएको छ। फोर्ब्सका अनुसार एप्पलले आफ्ना आइफोन ११ को नयाँ उत्पादनका डिस्प्लेमा समस्या देखिएको स्वीकार गरेको छ। डिस्प्लेमा देखिएको खराबीको कारण आइफोन प्रयोगकर्तालाई टच स्क्रिनमा समस्या भइरहेको हो। यी उपकरण नोभेम्बर २०१९ र मे २०२० को बीचको छ महिनाको अवधिमा उत्पादन गरेको कम्पनीको भनाइ छ। आफ्नो यस गल्तीको कारण एप्पलले ती बिग्रिएको आइफोनहरू साटिदिने घोषणा गरेको छ। जसको लागि कम्पनीले रिप्लेस्मेन्ट प्रोग्राम नै राखेको छ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यदि कसैको नयाँ आइफोन ११ मा डिस्प्लेको समस्या आएको छ भने ती व्यक्तिले एप्पलको रिप्लेस्मेन्ट प्रोग्राम पेजमा गई आफ्नो आइफोनको सिरियल नम्बर लेख्न सक्छन्। यसरी ती आइफोन फेरि बनाउन मिल्छ वा मिल्दैन भनेर थाहा पाउन सकिने कम्पनीले जनाएको छ। सो अनुसार बिग्रिएका आइफोन ११ एप्पलको आधिकारिक सेवा प्रदायक, रिटेल स्टोर वा कम्पनीको मेलइन मर्मत सेवाबाट मर्मत गर्न सक्नेछन्। योसँगै एप्पलले कसैको स्क्रिन टुटेको छ भने त्यसको जिम्मा भने कम्पनीले नलिने बताएको छ। टुटेको स्क्रिन मर्मतमा हुने खर्च प्रयोगकर्ताले नै बेहोर्नु पर्ने छ। तर, यदि स्क्रिन टुट्ने समस्या डिस्प्लेमा आएको खराबीकै कारण भएको हो भने प्रयोगकर्ताले गरेको भुक्तानी फिर्ता हुने एप्पलले उल्लेख गरेको छ।



JUNGLE






from the
city


