देशभर बितेको २४ घण्टामा थप २ हजार ६३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार ९ सय २७ जनाको परीक्षण गर्दा २६३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुगेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हु्न् । उनका अनुसार सक्रिय संक्रमितमध्ये संस्थागत आइसोलेशनमा १४ हजार ८१९ र होम आइसोलेशन २१ हजार ५४८ जना रहेका छन् ।
यसैगरी काठमाडौं उपत्यकामा थप १४०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ९९६, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ गरी १४०३ जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए । यससँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ जना पुगेको छ भने निको हुनेका संख्या ८०,९५४ रहेको छ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185