बितेको २४ घण्टामा देशभर थप १३०४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५८३ जनाको पीसीआर परीक्षण हुँदा ५०१ महिला र ८०३ पुरुषसहित थप १३०४ जनामा कोराना संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ भने बितेको २४ घण्टामा थप २०७३ जना निको भएका छन् भने २१ जनाको मृत्यु भएको छ । यो सँगै कुल निको हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ भने मृतकको संख्या १५२९ पुगेको छ । यस्तै देशभर सक्रिय संक्रमित १६ हजार ६३३ जना रहेका छन् ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185