बिहीबारदेखि आइतबारसम्म भारी वर्षाको सम्भावना

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 95
  •  
  •  
  •  
  •  
    95
    Shares

असार २४, काठमाडौं । मनसुनी न्यून चापीय रेखा नेपालतिर सर्दै गएकाले बिहीबारदेखि देशका अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

न्यून चापीय रेखा भारत हुँदै नेपालको तराईतिर सर्दै गएकाले बिहीबारदेखि आइतबारसम्म प्रदेश नम्बर १, प्रदेश नम्बर २, बाग्मती र गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ। देशैभर बदली हुँदा अरु प्रदेशमा मध्यमदेखि केही क्षेत्रमा भारी वर्षा समेत हुन सक्ने अनुमान गरिएको छ। ‘भारतको उत्तरी क्षेत्रमा भएको न्यून चापिय रेखा विस्तारै सर्दै नेपालतिर आउँदैछ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

बिहीबार बिहानसम्म नेपालको तराई क्षेत्रमा आइपुग्छ त्यसको असरले बदली हुँदा अधिकाशं क्षेत्रमा भारी वर्षा हुनसक्छ’, मौसमविद् वरुण पौडेलले भने, ‘मनसुन पिक चरणमा आइपुगेकाले भारी वर्षा हुँदा ठूला, मझौला र खहरे खोलामा बाढी आउन सक्छ।’ उनले सर्तकता अपनाउन पनि आग्रह गरे। भारी वर्षा हुँदा कोशी, नारायणी, महाकालीलगायतका ठूला नदीहरुमा पानीको बहाब बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै कन्काई, कमला, मोहना, मछेली, बाग्मती, तिनाउ, पूर्वीराप्ती, पश्चिम राप्ती, बबईलागातका नदीमा समेत पानीले उच्च सर्तकता पार गर्न सक्ने जनाइएको छ। यस्तै बिहीबारदेखि आइतबारसम्म मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। आइतबारदेखि बुधबारसम्म निरन्तर वर्षा नभएपनि सामान्यदेखि मध्यम खालको वर्षा हुने बताइएको छ। आगामी हप्ता दिनसम्म यस वर्षाकै मनसुनी वर्षा हुन सक्ने पौडेलको भनाई छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु