काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बिहीबार प्रतितोला रु १०० बढेको छ । प्रतितोला रु ९०० ले बुधबार ओरालो लागेको सुनको मूल्यमा बिहीबार झिनो सुधार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला रु ९४ हजार १०० मा कारोबार हुनेगरी मूल्य निर्धारण भएको छ । छापावाला सुन बुधबार प्रतितोला रु ९४ हजारमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला रु ९३ हजार ६०० मा कारोबार भएको छ । तेजाबी सुन बुधबार प्रतितोला रु ९३ हजार ५०० मा कारोबार भएको थियो । चाँदी प्रतितोला रु एक हजार २८० मा कारोबार भएको छ । बुधबार भने प्रतितोला रु एक हजार २६५ मा कारोबार भएको थियो । चाँदी बुधबारका तुलनामा बिहीबार प्रतितोला रु १५ ले वृद्धि भएको छ ।