काठमाडौंको बिहीबार बिहानको तापक्रम यो वर्षकै कममा झरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान काठमाडौंको तापक्रम शून्य दशमलव ८ डिग्री सेल्सियसमा झरेको हो । यसअघि बुधबार काठमाडौंको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको थियो । बिहीबार बिहान जुम्लाको तापक्रम माइनस ८ दशमलव ५ डिग्री मापन गरिएको थियो ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यस्तै दिपायलको शून्य दशमलव ३ डिग्री सेल्सियस, विरेन्द्रनगरको १ दशमलव ९ डिग्री सेल्सियस, ताप्लेजुङको २ दशमलव ७ डिग्री सेल्सियस, धनगढी र नेपालगन्जको ४ डिग्री सेल्सियस, पोखराको ४ दशमलव ४ डिग्री सेल्सियस र दाङ घोराहीको ४ दमलव ७ डिग्री सेल्सियसमा झरेको छ । राति आकाश खुलेकाले बिहान धेरैको ठाउँको तापक्रममा गिरावट आएको मौसमविद्ले बताएका छन् ।



JUNGLE






from the
city



यसैबीच शनिबार लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । पश्चिमी वायुको प्रभावले शनिबार दिउँसो लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा हल्का पानी पर्ने र सुदुरपश्चिम प्रदेशका उच्च हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका हुन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ भने गण्डकी र प्रदेश १ का पहाडी भेगमा आंशिक बदली हुनेछ । अरु ठाउँको मौसम भने सामान्यतया सफा रहनेछ ।
यस्तै शनिबार राति देशभर आंशिक देखि सामान्य बदली भई सुदुरपश्चिम प्रदेशका १–२ ठाउँमा हल्का पानी पर्ने संभावना छ । अहिले देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली भएको छ । बाँकी ठाउँको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुको सामान्य प्रभावले पहाडी भेगको मौसम बदली भएको हो । बिहीबार दिउँसो प्रदेश १ मा आंशिक बदली, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ ।
यस्तै राति प्रदेश १ मा आंशिक बदली, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ । यसैगरी शुक्रबार दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा आंशिक बदली भएपनि बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ भने राति प्रदेश १, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी क्षेत्रसँगै सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी ठाउँको मौसम सामान्यतया सफा रहनेछ ।