बिहीबार विश्वभर ३ लाख ८ हजार भन्दा बढी कोरोना संक्रमित थपिए

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

कोरोना भाइरसका कारण विश्व नै आक्रान्त भइरहँदा बिहीबार एकैदिन फेरि उच्च संख्यामा संक्रमित थपिएका छन् । बिहीबार ३ लाख ८ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । एकैदिन थपिएको यो उच्च संख्या हो । सबैभन्दा बढी भारतमा बिहीबार ८५ हजार ९१९ जना नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्म ५८ लाख १६ हजार १०३ जना संक्रमित भइसकेका छन् । हाल ९ लाख ६९ हजार ९७२ जना सक्रिय संक्रमित रहेका छन् । १ हजार १४४ जनाको ज्यान गएर ज्यान गुमाउने ९२ हजार ३१७ जना पुगेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

विश्वमै भारत दोस्रो स्थानमा रहेको छ । निरन्तर संक्रमित बढ्दै जाँदा भारत शीर्ष स्थानमा पुग्ने अनुमानसमेत हुँदै आएको छ । शीर्ष स्थानको अमेरिकामा बिहीबार ४४ हजार ७३५ जना संक्रमित थपिएर कुल संक्रमित ७१ लाख ८४ हजार ८५१ जना पुगेका छन् । ९२० को ज्यान गएर कुल ज्यान गुमाउने २ लाख ७ हजार ५१६ पुगेका छन् । तेस्रो स्थानको ब्रजिलमा ३२ हजार १२९ संक्रमित थपिएर ४६ लाख ५९ हजार ९०९ पुगेका छन् । मृतक ८१८ थपिएरु १ लाख ३९ हजार ८८३ पुगेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

फ्रान्समा १६ हजार ९६ जना, अर्जेन्टिनामा १३ हजार ४६७ र स्पेनमा १० हजार ६५३ जना संक्रमित थपिएका छन् । यी देशहरुमा दोस्रो लहर देखिएको हो । त्यस्तै बेलायतमा ६ हजार ६३४ जना संक्रमित देखिएका छन् । कोलम्बियामा ६ हजार ५५५ जना, मेक्सिकोमा ४ हजार ७८६, इराक ४ हजार ४७१, इरानमा ३ हजार ५२१ जना, इजरायलमा ७ हजार ४२५, इन्डोनेसियामा ४ हजार ६३४, नेपालमा १ हजार ४९७ जना संक्रमित थपिएका छन् । बिहीबार ५ हजार ७८१ जनाको ज्यान गएको छ । सबैभन्दा बढी भारतमा १ हजार १४४, अमेरिकामा ९१९, ब्रजिलमा ८१८, मेक्सिकोमा ६०१, अर्जेन्टिनामा ३९० जनाको ज्यान गएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु