बीएमडब्ल्यू जी ३१० जीएसको प्रतिस्पर्धी मोडल केटीएम ३९० एड्भेन्चरको नेपालमा बिक्री सुरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 5
  •  
  •  
  •  
  •  
    5
    Shares

बीएमडब्ल्यूले दुई बर्ष अगाडि नेपालमा बिक्री सुरु गरेको बीएमडब्ल्यू जी ३१० जीएसको प्रतिस्पर्धी मोडल केटीएम ३९० एड्भेन्चर नेपालमा बिक्री सुरु भएको छ । केटीएम मोटरसाइकलको नेपालका लागि आधिकारीक वितरक हंशराज हुलाश चन्द एण्ड कम्पनीले १० लाख मूल्य राखेर ३९० एड्भेञ्चरको बिक्री सुरु गरेसँगै दुई प्रिमियम ब्राण्डका एड्भेञ्चर मोडलको बीच प्रतिस्पर्धा सुरु भएको हो । बीएमडब्ल्यू जी ३१० जीएसको सुरुवाती मूल्य १० लाख ९० हजार रुपैयाँ रहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

केटीएम ३९० एड्भेञ्चर
३९० एड्भेञ्चर डाकर र्याली विजेता केटीएम ४५० र्यालीबाट प्रेरित छ । ३९० एड्भेञ्चरमा लाइटवेट ट्रलिस् फ्रेम चेसिस्, १७० एमएको डब्ल्यूपीको लङ्ग ट्राभल सस्पेन्शन रहेको छ । यसमा प्रिमियमको अनरोड तथा अफरोड दुवैमा सुहाउँदो मेटजेलरको नोबी टायर रहेको छ । त्यस्तै यसमा २०० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स, लङ्ग व्हीलवेस, विस्तारित विन्डसिल्ड र इन्जिनको लागि सुरक्षित बेस प्लेट छ । यसमा सुपर बाइकहरुमा हुने फिचरहरु जस्तै, ट्राक्याक्सन कन्ट्रोल, कर्नेरिङ एबीएस, क्वीकशिफ्टर रहेको छ । साथै, टर्न-बाइ-टर्न न्याभिगेशनको लागि स्मार्टफोन कनेक्टीभिटी र फूल९कलर टीएफटी डिस्प्लेको प्रयोगले यसलाई प्रिमियम बनाएको छ । यस मोटरसाइकलमा ३७३ सीसी अत्याधुनिक डिओएचसी सिंगल सिलिन्डर, इएफआई इन्जिन रहेको छ । यसमा रहेको राइड बाई वायर जस्ता ईलेक्ट्रोनिक्सले ४३ बीएच पावर तथा ३७ एनएम टर्क जेनेरेट गर्छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

बीएमडब्ल्यू जीएस ३१०
एड्भेञ्चर टुरर बाइक बीएमडब्ल्यू जी ३१० जीएसमा ३१३ सीसी, सिङ्गल सिलिन्डर, लिक्विड कूल, फ्यूल इन्जेक्सन इन्जिनले ३४ बीएच पावर र २८ एनएम टर्क जेनेरेट गर्छ । यस मोटरसाइकलमा सिक्स स्पीड गियरबक्स जडान गरिएको छ । जी ३१० जीएसको अधिकतम स्पीड क्षमता १४३ किलोमिटर प्रतिघन्टा रहेको छ । जी ३१० जीएसमा फोर पिस्टन क्यालिपर ३०० एमएम फ्रन्ट डिस्कब्रेक र पछाडि सिङ्गल पिस्टन क्यालिपर २४० एमएम डिस्कब्रेक रहेको छ । कम्पनीले यसमा ड्यूल च्यानल एबीएस सिस्टमसहितको स्ट्यान्डर्ड प्याकेज दिएको छ । जी ३१० जीएसको अगाडि भागमा ४१ एमएम अपसाइड डाउन फर्क दिइएको छ भने पछाडि भागमा १८० एमएम प्रि(लोडेड एड्जस्टेवल मोनो शक राखिएको छ । रातो र कालो रंगको बीएमडब्ल्यू जी ३१० जीएसको मूल्य १० लाख ९० हजार रुपैयाँ निर्धारण गरेको छ । सेतो रंगमा उपलब्ध सोही मोडलको मूल्य ११ लाख १५ हजार रुपैयाँ तोकिएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु