बुटवल-तानसेन सडक पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 28
  •  
  •  
  •  
  •  
    28
    Shares

बुटवल-तानसेन सडक पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने भएको छ । हिजो साँझ पाल्पाको दोभान र झुम्सामा सडक भासिएपछि बुटवल–पाल्पा खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाएको थियो ।
आज विहानवाट मोटरसाइकल र कार जीप चलाउन मिल्ने सडक खुले पनि ठुला सवारी चल्न अझै केही दिन लाग्ने छ । पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान प्रहरी चौकी नजिकै सडक भासिएपछि मालबाहक ट्रक, मिनी ट्रक तथा यात्रुबाहक बस सञ्चालनमा रोक लगाइएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालय बुटवलका बुटवलल प्रवक्ता डिएसपी डिल्लीनारायण पाण्डेयले सडक भासिएको बनाउनको केही दिन लाग्ने भएकोे ठूला सवारी चलाउनको लागि रोक लगाएको बताए । प्रहरीका अनुसार करिब १२ मिटर सडकमा डेढ फुट चौडाइसम्मको सडक चिरा परेर फाटेको छ । तीन दिनअघि सामान्य चिरा परेको सडक शनिबार थप भासिएको हो । मोटरसाइकल र कार जीप चलाउन मिल्ने साँघुरो ठाउँ रहेकाले ठूला गाडी चल्न रोक लगाइएको डीएसपी पाण्डेले बताए ।
सडक भासिएपनि बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, बागलुङ लगायतका जिल्लातर्फ जाने र उताबाट बुटवलतर्फ आउने सवारी साधनहरु बीच सडकमै रोकिएका छन् । अवरुद्ध सडक खुलाउन आइतबार बिहानदेखि काम शुरु हुने भएकाले सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु