नेपाल विद्युत् प्राधिकरणले बुधबार काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
प्राधिकरणको कुलेश्वर वितरण केन्द्र अन्तर्गतका विभिन्न स्थानमा रुखका हाँगाबिँगा कटान गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको हो । प्राधिकरणका अनुसार बुधबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् कटौती हुने भएको छ ।
Advertisements



JUNGLE






from the
city



प्राधिकरणका अनुसार सोल्टी दोबाटो, सिभिल होम्स, टौखेल, सितापाइला, इचँगुनारायण, पद्यमा कोलेनी, भिमढुङ्गा, नर्सरी भन्ज्याङ, छत्रे देउरालीलगायतका स्थानमा विद्युत् कटौती हुने भएको छ । प्राधिकरणले ती स्थानमा विद्युत् काटिदा उपभोक्तालाई परेको असुविधाप्रति क्षमा मागेको सूचना अधिकारी लिलाकुमारी अर्यालले जानकारी दिनुभयो ।
प्राधिकरणले समय अगावै काम सकिए लाइन पुनः सञ्चालनमा आउने जनाएको छ ।