फ्रेन्च फरवार्ड करिम बेन्जेमा र रक्षक फर्लान्ड मेन्डीको गोल सहयोगमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा गेटाफेलाई २–० ले पराजित गरेको छ । अल्फ्रेडो डि स्टेफानोमा मंगलबार राति भएको खेलमा रियलले दोस्रो हाफमा ६ मिनेटको अन्तरमा दुई गोल गर्दै सहज जित निकालेको हो । चोटका कारण मुख्य खेलाडी टोलीमा नरहेपनि रियलले सहज जित निकाल्न सफल भयो । चोटका कारण टोलीमा कप्तान सर्जियो रामोस, टोनी क्रुस, लुकास भाज्क्वेज, फेड भाल्भेर्डे, इडर मिलिसाओ, ड्यानी कार्भाजल, इडेन हाजार्ड, रोड्रिगो र अल्भारो ओर्डिजोला टोलीमा थिएनन् ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
बल पोसेसनमा खेलको सुरुवात देखि नै पकड जमाएपनि रियलले गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ६०औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । उनले भिनिसियस जुनियरको पासमा गोल गरेका थिए । ६६औं मिनेटमा डिफेन्डर फर्लान्ड मेन्डीले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । उनले अर्को डिफेन्डर तथा टोलीको कप्तानी गरिरहेका मार्सेलोको पासमा गोल गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा रियल विजयी हुन सफल भयो । यो जितसँगै रियल २२ खेलबाट ४६ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । रियल शीर्षस्थानको एट्लेटिको म्याड्रिडभन्दा ५ अंकले पछि छ । यद्दपि एट्लेटिकोले दुई खेल कम खेलेको छ । पराजित गटोफे २४ अंक जोडेर १३औं स्थानमा छ । एजेन्सी –



JUNGLE






from the
city


