बेरूतमा भएको विस्फोटका कारण लेबनानका प्रधानमन्त्री हसन दियाबले दिए राजीनामा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

बेरूतमा गत मंगलबार भएको विस्फोटका कारण लेबनानका प्रधानमन्त्री हसन दियाबले राजीनामा दिएका छन्। बिबिसीका अनुसार प्रधानमन्त्री हसनले सोमबार साँझ राष्ट्रिय टेलिभिजनमा राष्ट्रका नाममा सन्देश दिँदै आफ्नो राजीनामा घोषणा गरेका हुन्।
यसअघि पनि उनले लेबनानका राष्ट्रपतिलाई आफ्नो राजीनामा दिइसकेको खबर आइसकेको थियो। तर अहिले उनले आधिकारिक रूपमै घोषणा गरेका बिबिसीले लेखेको छ। प्रधानमन्त्री हसनले राजीनामा दिनुदघि उनका केही मन्त्रीहरूले पनि राजीनामा दिएका थिए। हसन गत जनवरीदेखि लेबनानका प्रधानमन्त्री थिए।
गत साता मंगलबार लेबनानको राजधानी बेरूतमा भएको विस्फोटमा १६० जनाभन्दा बढीको मृत्यु भएको बताइएको छ। अधिकारीहरूका अनुसार अझै दर्जन बढी मान्छे बेपत्ता छन्। बेपत्ता हुनेमा अधिकांश विदेशी कर्मचारी भएको बिबिसीले जनाएको छ।
गोदाममा भएको विस्फोटमा परी करिब छ हजार मान्छे घाइते भएको पनि जनाइएको छ। विस्फोटपछि बेरूतका सडकमा मान्छेहरू प्रदर्शन गरिरहेका छन्। लेबनानका राष्ट्रपतिका अनुसार उक्त गोदाममा २७ सय ५० टन एमोनियम नाइट्रेट बिना कुनै सुरक्षा(सावधानी ६ वर्षदेखि भण्डारण गरेर राखिएको थियो।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु