बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बेलायतमा दोस्रो पटक देश व्यापी लकडाउनको घोषणा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

कोरोना भाइरसको संक्रमण बढेसँगै राष्ट्रिय स्वास्थ्य सेवाका लागि ‘स्वास्थ्य र नैतिक विपत्’ रोक्न बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बेलायतमा दोस्रो पटक देश व्यापी लकडाउन घोषणा गरेका छन् । उनले यसपटकको क्रिसमस फरक हुने बताउँदै अहिले नै कदम चालिदा परिवारहरु पर्वलाई सँगै बसेर मनाउन पाउने आशा व्यक्त गरेका हुन् । बिहीबारबाट पब, रेस्टुरेन्ट, जिम र अतिआवश्यक सूचीमा नरहेका पसलहरु चार हप्ताका लागि बन्द हुने उनले जनाएका छन् । तर, स्कूल, कलेज र विश्वविद्यालय भने सञ्चालन गर्न पाइनेछ । २ डिसेम्बरबाट प्रतिबन्धहरुलाई खुकुलो बनाउँदै लगिने पनि उनले जानकारी दिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

‘यस वर्षको क्रिसमस निकै फरक हुनेछ, सायद धेरै नै फरक । तर मेरो आशा र विश्वास छ अहिले हामीले लिएको कडा कदमले देशभरका परिवारलाई सँगै हुन दिनेछ,’ लकडाउन घोषणा गर्दै जोनसनले भने । लकडाउनले व्यवसायमा पार्ने असर प्रति माफी माग्दै जोनसनले दिनमा नै हजारौँको मृत्यु हुनसक्ने तथ्यांकलाई बेवास्ता गर्ने गैरजिम्मेवार प्रधानमन्त्री आफू बन्न नसक्ने उनको भनाइ छ । यसपटक मृत्युदर गत अप्रिलभन्दा पनि खराब हुनसक्ने प्रक्षेपण गरिएको उनको जानकारी दिए । बेलायतमात्र होइन युरोपमा कोरोनाभाइरसको संक्रमण बढेपछि फ्रान्स र जर्मनीमा पनि कडा प्रतिबन्धहरु लागू गरिएका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु