बेलायतमा अक्सफोर्ड–एस्ट्रेजेनेका खोपले बालबालिकामा कतिको काम गर्छ भनेर नयाँ परीक्षण हुँदै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

अक्सफोर्ड–एस्ट्रेजेनेका खोपले बालबालिकामा कतिको काम गर्छ भनेर बेलायतमा नयाँ परीक्षण हुँदैछ । बीबीसीका अनुसार यस परीक्षणमा ३ सय स्वयम् सेवकले सहभागिता जनाउँदैछन् । फेब्रुअरीको अन्त्यमा उनीहरुलाई पहिलो डोज लगाइनेछ । खोपले ६ वर्षदेखि १७ वर्षसम्मका बालबालिकामा बलियो प्रतिरोधी प्रतिक्रिया उत्पन्न गराउँछ वा गर्दैन भनेर अनुसन्धानकर्ताहरुले परीक्षण गर्नेछन् । अनुसन्धानमा सहभागिता जनाउनका लागि चारवटा अध्ययन क्षेत्र नजिक बस्ने स्वयम् सेवकहरुलाई आह्वान गरिएको छ । अक्सफोर्ड विश्वविद्यालय, लण्डनस्थित सेन्ट जर्ज विश्वविद्यालय अस्पताल, साउथ ह्याम्पटन विश्वविद्यालय अस्पताल र ब्रिस्टल रोयल बाल अस्पताल यस परीक्षणका अध्ययन क्षेत्र हुन् । परीक्षणमा सहभागिता जनाउन चाहनले छोटो प्रश्नोत्तरमा सहभागी हुनुपर्नेछ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

पेडियट्रिक संक्रमण तथा इम्युनिटीका प्रोफेसर एन्ड्रियु पोलार्डले अधिकांश बालबालिकाहरु कोरोनाबाट प्रभावित नभएको बताए । अक्सफोर्ड भ्याक्सिन परीक्षणका मुख्य अनुसन्धानकर्ता समेत रहेका पोलार्डले बालबालिकाहरु भाइरसबाट बिरामी हुने सम्भावना निकै कम रहेको बताए । यद्यपि, बालबालिका र युवामा खोपको सुरक्षा र प्रतिरोधी प्रक्रिया स्थापित गर्नु महत्वपूर्ण रहेको उनले बताए, यस्तो हुँदा केही बालबालिकालाई फाइदा पुग्नेसक्ने उनको धारणा छ । बेलायतमा अक्सफोर्ड–एस्ट्रेजेनेकाको खोपलाई बालबालिकामा प्रयोग गर्ने अहिलेसम्म कुनै योजना बनेको छैन, बेलायतमा अहिलेसम्म १८ वर्षमाथिका व्यक्तिमा मात्रै यो खोपले प्रयोगको अनुमति पाएको छ । त्यस्तै, फाइजर–बायोन टेक खोपले पनि १६ वर्षमाथिका व्यक्तिहरुमा मात्रै प्रयोगको अनुमति पाएको छ । यसको अर्थ १६ वर्षमुनीका व्यक्तिहरुमा अति खराब अवस्थामा पनि खोपको प्रयोग हुँदैन ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु