बेलायतमा एकै दिन २३ हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 17
  •  
  •  
  •  
  •  
    17
    Shares

बेलायतमा एकै दिन करिब २३ हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको बताइएको छ । सरकारी स्रोतले उपलब्ध गराएको तथ्याङ्कमा बेलायतमा यही बिहीबार एकै दिन २२ हजार ९२५ जना कोरोनाका संक्रमित देखिएका बताइएको हो । यहाँका स्वास्थ्य अधिकारीका अनुसार बिहीबार थपिएका ती संक्रमितसहित यहाँ कोरोना संक्रमितहरुको सङख्या १४ लाखभन्दा बढी पुगेको छ । बिहीबार यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा यहाँ संक्रमितहरुको सङ्ख्या १४ लाख ५३ हजार ९६७ जना पुगेको जनाइएको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

बेलायतमा यसरी एकैदिन यति धेरै संक्रमित फेला पर्न थालेको पनि महिना दिनभन्दा पनि बढी भएको पनि स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । साथै यहाँ एकै दिनमा ५०१ जना संक्रमितको मृत्यु भएको बताइएको छ । यो सङ्ख्या बेलायतमा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको सङ्ख्या ५३ हजार ७७५ पुगेको छ । पछिल्लो महिना यहाँ संक्रमितको सङ्ख्या बढेसँगै मृतकहरुको सङ्ख्या पनि बढेको बताइएको छ । यहाँ कोरोनाको दोस्रो लहरको संक्रमण शुरु भएको बताइएको छ । जसका कारण बेलायतका केही ठाउँमा अझै लकडाउन जारी रहेको छ । यहाँको सरकारले यो तथ्याङ्कले बेलायतमा संक्रमणले थप चिन्ता बढाइदिएको बताएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु