बेलायतमा क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध, क्रिप्टोकरेन्सी बजार नराम्रोसँग प्रभावित

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

बेलायतमा खुद्रा उपभोक्ताका लागि क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लागेपछि बिटक्वाइन, इथेरियम, एक्सआरपी जस्ता धेरै क्रिप्टोकरेन्सी बजार नराम्रोसँग प्रभावित भएको छ । देशको वित्तीय नियामक फाइनेन्शियल कन्डक्ट अथोरिटी (एफसीए)ले एक आधिकारिक वक्तव्य मार्फत क्रिप्टोरकेन्सीहरु पाँच कारणले उपभोक्ताका लागि हानिकारक हुने भन्दै प्रतिबन्धको घोषणा गरेको छ । एफसीएका अनुसार क्रिप्टोकरेन्सीसँग आफ्नो मूल्यलाई संरक्षण गर्ने कुनै पनि विश्वासिलो आधार छैन । त्यस्तै क्रिप्टो बजारमा दुर्व्यसन, गैरकानूनी गतिविधि र वित्तीय अपराध व्याप्त भएको ठहर एफसीएले गरेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

क्रिप्टोकरेन्सी एकदमै गतिशील हुने र प्रयोगकर्तामा पर्याप्त ज्ञान नहुँदा हानिकारक हुने पनि उसले उल्लेख गरेको छ । एफसीएले आफ्नो विज्ञप्तीमा खुद्रा उपभोक्ताहरुल यसमा लगानी गरे अचानक र अप्रत्याशित लगानी डुब्ने अवस्था आउनसक्ने उल्लेख गरेको छ । बेलायतको उक्त नियामक निकायले क्रिप्टो डेरिभेटिभ्समा लागू गरिएको यसप्रकारको प्रतिबन्धले त्यहाँका आम उपभोक्ताको वार्षिक पाँच करोड ३० लाख युरो जोगाउने दाबी गरेको छ । प्रतिबन्धसँगै बेलायती उपभोक्तामाझ कुनै पनि प्रकारको क्रिप्टोकरेन्सीको वितरण र बजारीकरणलाई उसले रोक लगाएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यसबाहेक एफसीएले ती क्रिप्टोकरेन्सीको विकल्प, भविष्य, कन्ट्रयाक्ट फर डिफ्रेन्सेस सीएफडी र एक्सचेन्ज ट्रेडेड नोट्स (ईटीएन) पनि उल्लेख गरेको थियो । यस किसिमको प्रतिबन्ध बेलायतभित्र र बाहिर सञ्चालन भइरहेका सबै किसिमका कम्पनीमा लागू हुने उसले बताएको छ । उक्त प्रतिबन्ध औपचारिक रुपमा ६ जनवरी २०२१ देखि मात्र लागू हुने उसले बताएको छ । तर क्रिप्टो डेरिभेटिभ्सबाट कारोबार गर्ने कम्पनीहरुलाई यस मितिअघि नै त्यसप्रकारको वित्तीय कारोबार बन्द गर्न नियामक एफसीएले निर्देशन दिएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु