बेलायतमा नयाँ लकडाउनको घोषणा पछि घट्यो तेलको भाउ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 32
  •  
  •  
  •  
  •  
    32
    Shares

अन्तरराष्ट्रिय बजारमा सोमवार कच्चा तेलको भाउ घटेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न बेलायतले नयाँ लकडाउनको घोषणा गरेपछि तेलको भाउ घटेको हो । नयाँ लकडाउनले आर्थिक गतिविधिमा धक्का पु¥याउने र तेलको माग पनि सुस्त बनाउने चिन्ता बढेको छ । यसै हप्ता अमेरिकामा राष्ट्रपतीय निर्वाचन हुन लागेकाले पनि कमोडिटिज र शेयर बजार दबाबमा आइरहेका छन् । एशियाली ट्रेडिङ आवर्समा सोमवार ब्रेन्ट क्रुडको भाउ ५ दशमलव ८ प्रतिशतले घटेर प्रतिब्यारेल ३५ डलर ७४ सेन्टसम्म आएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

तेलको भाउ मेको अन्त्ययता यस स्तरमा ओर्लिएको थिएन । यस वर्षको शुरूयता ब्रेन्ट क्रुडको भाउ ४५ प्रतिशत घटिसकेको छ । सोमवार अमेरिकी बेञ्चमार्क यूएस क्रुड आयलको भाउ पनि ७ प्रतिशत घटेर प्रतिब्यारेल ३३ डलर ६४ सेन्टमा झरेको थियो । यो समाचार तयार पार्दाको बेला भने कमी केही घटेको थियो । कोरोना भाइरसको संक्रमण सुस्त बनाउन यूरोपेली देशले पुनः लकडाउनका उपाय अपनाएका छन् । लकडाउनका कारण विश्वमा तेलको माग व्यापक घट्ने बहुराष्ट्रिय तेल कम्पनीहरूको प्रक्षेपण छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु