कोरोना विरुद्धको भ्याक्सिन फाइजरको प्रयोग गर्न बेलायतले अनुमति प्रदान गरेको छ। बेलायतको औषधि नियमनकारी निकाय मेडिसिन्स एन्ड हेल्थकेयर प्रोडक्स रेगुलेटरी एजेन्सी ९एमएचआरए०ले फाइजरको भ्याक्सिन प्रयोगका लागि स्वीकृति दिएको भन्दै बिबिसीले समाचार प्रकाशन गरेको छ। ‘फाइजरले विकास गरेको कोभिडविरुद्धको भ्याक्सिन ९५ प्रतिशत सुरक्षित भएकाले प्रयोगका लागि स्वीकृति दिइएको हो,’ एमएचआरएले भनेको छ। यो भ्याक्सिनको प्रयोग भने अबका केही दिनभित्रै सुरु गरिने समेत एमएचआरले बताएको छ। उच्च जोखिम भएका उमेर समूह र व्यक्तिलाई यसको प्रयोगमा प्राथमिकता दिइने समेत बेलायती अधिकारीहरूको तयारी छ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यसअघि नै बेलायतले फाइजर भ्याक्सनिका ४ करोड डोज अर्डर गरिसकेको छ। तर बेलायतको यसको प्रयोग आवश्यक भएको जनसंख्या भने २ करोड मात्र भएको बताइएको छ। यसरी हेर्दा एक जनाका लागि २ वटासम्म भ्याक्सिन प्रयोग गर्न पुग्छ। फाइइजरले तत्कालै एक करोड डोज भ्याक्सिन बेलायतलाई प्रदान गर्ने तयारी गरिएको समेत जनाएको छ। १० महिनाको प्रयासपछि भ्याक्सिन विकास गर्न सफल भएको फाइजर भ्याक्सिन निर्माताको दाबी छ। यद्यपि हालसम्म यो भ्याक्सिनलाई विश्व स्वास्थ्य संगठनलगायतका संस्थाले भने मान्यता दिएका छैनन्।



JUNGLE






from the
city


