काठमाडौं। बेलायत सरकारले नेपाललाई दिने २० लाख डोज कोरोना भाइरसविरुद्धको खोप फागुन महिनामा आउने भएको छ । खोप अनुदानस्वरुप दिने भएको हो । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले विश्वभर झण्डै सात खरब रकम बराबरको कोरोना भाइरसविरुद्धको खोप सहयोग स्वरुप दिन लागिएकोमा नेपाले आगामी महिना आइपुग्ने गरी पाउने जनाएकी छिन् । उनले ट्वीट गर्दै नेपाल सरकारसँगको सहकार्यले उक्त खोप वितरण हुने बताइन् । यसअघि भारतले अनुदानस्वरुप १० लाख डोज खोप दिइसकेको छ । चीनले पनि ३ लाख डोज खोप अनुदानस्वरुप दिने जनाइसकेको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185