बेलायतले जी–७ समूहको बैठक बोलाएको छ। बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले भिडियो कन्फ्रेन्समार्फत जी–७ देशका नेताहरुलाई यसै हप्ताका बैठक बोलाएका हुन्। आउँदो शुक्रबारलाई बोलाइएको बैठकमा विश्वमा कोरोना भाइरसविरुद्धको खोपको समान वितरणबारे छलफल र भविष्यमा आइपर्ने कोरोनाजस्तै घातक महामारीलाई कसरी रोक्न सकिन्छ भन्ने पछि छलफल हुने बिबिसिले जनाएको छ । बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिटका अनुसार यस बैठक अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनको पहिलो बहुपक्षीय बैठक हुनेछ। जी–७ सात विकसित देश अमेरिका, बेलायत, क्यानडा, जापान, फ्रान्स, जर्मनी र इटालीको संगठन हो।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185