सामाजिक सन्जालमा अभिनेता अभिषेक बच्चनका केही तस्बिर निकै भाइरल भइरहेका छन् । कोलकातामा चलचित्र छायांकन गरिरहेका उनको छायांकनस्थलकै केही तस्बिर बाहिरिएसँगै अभिषेकको चर्चा हुन थालेको हो । तस्बिर अभिषेक बच्चनकै भए पनि उनलाई चिन्न दर्शकलाई हम्मे परेको छ । किनभने तस्बिरमा अभिषेक फरक अवतारमा देखिएका छन् । यो तस्बिर चलचित्र ‘बोब विश्वास’ को छायांकन स्थालबाट बाहिरिएको हो । जसमा उनी विद्याको चलचित्र ‘कहनी’ का सिरियल किलर बोब विश्वासको भूमिकामा छन् ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
थ्रिलर चलचित्र ‘बोब विश्वास’को छायांकन ९ डिसेम्बरसम्म चल्नेछ । दिया अन्नपूर्णा घोषको निर्देशनमा बनिरहेको यस चलचित्र शाहरुखको रेड चिलिज ब्यानरबाट निर्माण भइरहेको छ । अभिषेक बच्चन, चित्रांगदा सिंह, अमर उपाध्याय, दीपराज राणा, गोपाल के। सिंह, टिना देसाईलगायत कलाकारहरुको प्रमुख भूमिका छ । अभिनेत्री विद्या बालनको केमियो रोल हुनेछ ।



JUNGLE






from the
city


