बोरुसिया डर्टमुन्डलाई पराजित गर्दै बायर्न म्युनिखले जर्मन जिते सुपर कपको उपाधि

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 4
  •  
  •  
  •  
  •  
    4
    Shares

जर्मन बुन्डेसलिगाको निकटतम प्रतिद्धन्द्धी बोरुसिया डर्टमुन्डलाई पराजित गर्दै जर्मन महारथी बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा डर्टमुन्डलाई ३–२ ले पराजित गर्दै उपाधि जितेको हो । एलिएन्ज एरिनाको बायर्नको जितमा कोरेन्टिन टोलिसो, थोमस मुलर र जोसुवा किम्मिचले गोल गरे । डर्टमुन्डका जुलियन ब्रान्ड र एर्लिङ ब्राउट हालान्डले गोल गरेपनि हार टार्न सकेन । बायर्नको यो सिजनको दोस्रो उपाधि हो । यसअघि बायर्नले दुई साताअघि स्पेनिस क्लब सेभियालाई २–१ ले पराजित गर्दै युइएफए सुपर कपको उपाधि जितेको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

प्रतिस्पर्धात्मक बनेको खेलमा बायर्नले घरेलु मैदानमा खेलको १८औं मिनेटमा कोरेन्टिन टोलिसोको गोलबाट अग्रता लिएको थियो । उनले काउन्टर अट्याकमा अलफन्सो डाभिसबाट किङ्सले कोमान, थोमस मुलर र रोबर्ट लेवान्डोस्की हुदै आएको पासलाई दोस्रो प्रयासमा गोल गरेका थिए ।उनको पहिलो प्रयास गोलरक्षक मार्विन हिट्जले बचाउदै क्रसबारमा लाग्दै फर्किएको बललाई जाली चुमाएका थिए । २२औं मिनेटमा जोसुवा किम्मिच चुक्दा बायर्न अग्रता दोब्बर पार्नबाट चुक्यो । ३२औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । उनले अलफन्सो डाभिसको क्रस पासमा हेडरमार्फत गोल गर्न सफल भएका थिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

३९औं मिनेटमा जुलियन ब्रान्डले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । एर्लिङ ब्राउट हालान्डको पासमा ब्रान्डले उत्कृष्ट फिनिस गर्दा बायर्नका गोलरक्षक म्यानुयल नोयरले रोक्ने कुनै मौका नै पाएन । ५५औं मिनेटमा हालान्डले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । थोमस डिलानेको चलाखीपुर्ण पासमा हालान्डले वान भर्सेस वानको अवस्थामा नोयरलाई बिट गर्दै गोल गरेका थिए । ५९औं मिनेटमा हालान्डले गोलको अवसर चुकाउदा डर्टमुन्ड अग्रता लिनबाट चुक्यो । ८२औं मिनेटमा किम्मिचले गोल गर्दै बायर्नलाई ३–२ को अग्रता दिलाए । उनले लेवान्डोस्की र किम्मिचको उत्कृष्ट तालमेलमा किम्मिचले दोस्रो प्रयासमा गोल गर्न सफल भएका थिए । पहिलो प्रहारलाई गोलरक्षक मार्विन हिट्जले बचाएपनि उनले आफु लडेकै अवस्थामा गोल गर्न पुगेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा बायर्न ३–२ ले विजयी हुदै च्याम्पियन बन्न सफल भयो ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु