ब्राजिलमा उत्पादन भएको यामाहा एक्सटीजेड-१५० नेपालमा बिक्री शुरु गर्ने तयारी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

एमएडब्लूले लामो समयदेखि नेपालमा टेष्टिङ गरिरहेको नयाँ डबल स्पोर्टस मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले ब्राजिलमा उत्पादन भएको यामाहा एक्सटीजेड-१५० नेपालमा बिक्री शुरु गर्ने तयारी गरेको कम्पनी स्रोतले मेरोअटोलाई बताएको छ । यामाहाको नयाँ एड्भेन्चर बाइकमा १४९.३ सीसीको फोर स्टोक, एसओएचसी २ भल्व, सिंगल सिलिन्डर, एयर कुल्ड, एफआई इन्जिन रहेको छ । जसले ७५०० आरपीएममा १२.३ बीएच पावर र ६००० आरपीएममा १२.७५ एनएम टर्क उत्पादन गर्छ भने ११० किलोमिटर प्रतिघन्टा टप स्पीड रहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

वेट मल्टी डिस्क क्लचयुक्त एक्सटीजेड-१५० मा ५ स्पीडको गियरबक्स दिइएको छ । अफरोडको लागि विशेष किसिमले डिजाइन गरिएको यो बाइकले प्रतिलिटर ४० किलोमिटर माइलेज प्रदान गर्ने बताईएको छ । यो बाइकको लम्बाई २०४९ एमएम, चौडाई ८२९ एमएम र उचाई ११५९ एमएम रहेको छ भने बाइकको ह्वील बेस भने १३४९ एमएम रहेको छ । बाइकको तौल १२४ केजी रहेको छ । २३४ एमएम ग्राउन्ड क्लियरेन्स रहेको बाइकको सिट हाइट ८४० एमएम रहेको छ । ११ लिटरको फियूल ट्याङ्क रहेको यो बाइकमा ३ लिटरको रिर्जभ ट्याङक रहको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

अगाडिको चक्कामा २४५ एमएम र पछाडि २०३ एमएमको हाइड्रोलिक डिस ब्रेक रहेको छ । अगाडि टेलिस्कोपिक फर्क र पछाडि १६० एमएमको मोनो(क्रस रियर स्केल सस्पेन्सन रहेको छ । यस्तै यसको फ्रन्टमा १९ इन्च र रियरमा १७ इन्चको डबल पर्पस ह्वील दिइएको छ । आगामी हप्ता नेपालमा सार्वजनिक गर्ने तयारी गरिएको यो मोटरसाइकलको मूल्य ४ लाख ७५ हजार रुपैयाँ हुने अनुमान गरिएको छ । नेपालमा यो मोटरसाइकले होन्डा एक्सआर १५० एलसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु