ब्राजिलमा एकै दिन ५५ हजार २०९ जनामा संक्रमण देखिए पछि संक्रमित संख्या १० लाख नाघ्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

असार ६, काठमाडौँ। कोभिड १९ महामारीको नयाँ केन्द्र बनेको ब्राजिलमा सबैभन्दा बढी संक्रमित रहेको संयुक्त राज्य अमेरिकाको भन्दा पनि बढी दैनिक मृत्यु र संक्रमणका केस फेला परिरहेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

ब्राजिलमा शुक्रबार एकै दिन हालसम्मकै बढी दैनिक नयाँ संक्रमित फेला परेको वर्ल्डोमिटर्सले जनाएको छ । यससँगै ब्राजिलमा कोरोना संक्रमित कुल संख्या १० लाख नाघेको छ । शुक्रबार ब्राजिलमा एकै दिन ५५ हजार २०९ जनामा संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसकै कारण शुक्रबार त्यहाँ एकै दिन १ हजार २२१ जनाको ज्यान गएको छ । यो दैनिक संक्रमण र मृत्यु विश्वका अन्य देशको भन्दा सबैभन्दा बढी हो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

कोरोना संक्रमित देशको लहरमा दोस्रो स्थानमा रहेको ब्राजिलमा शनिबार बिहानसम्म जम्मा संक्रमित संख्या १० लाख ३८ हजार ५६८ पुगेको छ । त्यहाँ अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या पनि ४९ हजार ९० पुगेको छ ।

यद्यपि ब्राजिलमा कुल संक्रमितमध्ये ५ लाख २० हजारभन्दा बढी मानिसचाहिँ निको भइसकेका छन् । शुक्रबार मात्र एकै दिनमा त्यहाँ १६ हजारभन्दा बढी मानिस संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ । त्यहाँ हाल ४ लाख ६९ हजारभन्दा बढी मानिसमा कोरोना भाइरस सक्रिय छ ।

उता विश्वमा सबैभन्दा बढी संक्रमित र मृत्यु रहेको संयुक्त राज्य अमेरिकामा शुक्रबार ३३ हजार ५३९ नयाँ संक्रमित थपिएका छन् भने ७१९ को ज्यान गएको छ । यससँगै अमेरिकामा कुल संक्रमित संख्या २२ लाख ९७ हजार १९० पुगेको छ भने कुल मृतक संख्या पनि १ लाख २१ हजार ४०७ पुगेको छ ।

तर त्यहाँ हालसम्म ९ लाख ५६ हजारभन्दा बढी मानिस संक्रमणमुक्त समेत भइसकेका छन् । शुक्रबार मात्रै त्यहाँ २५ हजारभन्दा बढी मानिस निको भएका छन् । हाल अमेरिकामा १२ लाख १९ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसक सक्रिय छ, जसमध्ये १६ हजारबढीको अवस्था गम्भीर रहेका्रे जनाइएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु