६ साउन, काठमाण्डौ । ब्राजिलका थप २ मन्त्रीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । समाचार संस्था रोयटर्सका अनुसार संक्रमणको दोस्रो धेरै प्रभावित देश ब्राजिलका मन्त्री अनिक्स लोरेन्जोनी र शिक्षामन्त्री मिल्टन रिवेइरोलाइ कोरोना भाइरस पुष्टि भएको हो । भाइरस देखिए सँगै उनीहरु आइसोलसनमा बसेका छन् । ब्राजिलका राष्ट्रपति जैयर बोल्सोनारोका सहयोग समेत रहेका लोरेन्जानीले सामाजिक सञ्जालमा लेख्दै आफुले यस अघि नै यसको लक्षणहरु थहा पाइरहेको बताएका थिए । दुवै मन्त्रीहरुले कोरोना भाइरसको उपचारको निम्ती सहयोगी मानिएका औषधी पनि लिइरहेका बताइएको छ । केही समय अघि मन्त्रीहरु एक सार्वजनिक कार्यक्रममा देखिएका थिए । ब्राजिलमा हालसम्म ८० हजार जनाले कोरोना भाइरसको कारण ज्यान गुमाएका छन् । भने २१ लख बढी संक्रमित रहेका छन् । ब्राजिलमा अरु देशका भन्दा बढी राजीनीतिक नेताहरुमा यो रोगको संक्रमण देखिएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
ब्राजिलमा थप दुइ जना मन्त्रीमा कोरोना संक्रमण ।
- सिम्रिक खबर
- • ६ महिना अगाडि