श्रावण १२ रौतहट ।
शनिबार बेलुका देखि लापाता रहेको २ युवती मध्य दुबैको शव बरामद भएको छ।फतुवा बिजयपुर नगरपालिकाको वडा न २ सितलपुरको रामअयोध्या प्रसाद यादवको १० वर्षिय छोरी मनिशा यादव र १२ वर्षिय पूजा यादव शनिवार बेलुका देखि हराएका भएका थिए।
मनिशा यादवको आइतबार मौलापुर भकुवा खोला नजिकै शव बरामद भएको थियो भने अर्की पूजा यादवको शव हिजो भकुवा खोलामा बरामद भएको थियो ।