भदौ १ देखि दैनिक १५ वटासम्म अन्तर्राष्ट्रिय उडान भर्ने तयारी सुरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 309
  •  
  •  
  •  
  •  
    309
    Shares

श्रावण ८, काठमाडौं । सरकारले सोमबार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई आगामी १ भदौदेखि नियमित व्यवसायिक आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान सूचारु गर्ने निर्णय गरेको हो । आगामी १ भदौ देखि दैनिक १५ वटासम्म अन्तर्राष्ट्रिय उडान भर्ने तयारी सुरु गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थल कार्यालय महाप्रबन्धक देवेन्द्र केसीका अनुसार कोरोना संक्रमण जोखिम हेरेर दैनिक १५ वटासम्म उडान भर्नसक्ने अवस्था छ । ‘डिपार्चर’ र ‘अराइभल’का लागि सामान्य अवस्थाभन्दा केही बढी समय लाग्ने भएकाले पहिलो चरणमा सीमित उडानबाट विमानस्थल सूचारु गरिने तयारी भइरहेको उनले बताए ।
विमानस्थलले १ भदौपछि दैनिक ‘कति उडान भर्ने रु’ भन्ने औपचारिक निर्णय भने गरिसकेको छैन । तर, संक्रमण जोखिम ध्यान दिएर दैनिक १५ वटाभन्दा बढी उडान भर्न सम्भव नदेखिएको केसी बताउ“छन् । यसैगरी, आन्तरिक उडानतर्फ दैनिक ३० देखि ४० वटासम्म उडान भर्न सम्भव हुने उनले बताए ।
विदेशी यात्रुले उडान समयभन्दा कम्तीमा चार घण्टाअघि विमानस्थल पुगिसक्नुपर्नेछ । समान्य अवस्थामा आफ्नो उडान समयभन्दा तीन घण्टाअघि विमानस्थल पुग्नुपर्ने व्यवस्था थियो । विमानस्थल कार्यालयमा महाप्रबन्धक केसीले स्वास्थ्य सुरक्षा अपनाउन विशेष साधनस्रोत बढाउनुपर्नेमा जोड दिए । विमानस्थलसँग जनशक्ति पर्याप्त भएको तर संक्रमण जोखिम कम गर्नका लागि साधनस्रोत थप्नुपर्ने उनको माग छ ।
देशभित्रका अन्य आन्तरिक विमानस्थल पनि उडानका लागि तयारी अवस्थामा छन् । देशभित्रका सबै विमानस्थलमा न्यूनतम स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर काम गरिने जनाइएको छ । कोरोना संक्रमणका हिसाबले विमानस्थल अत्यन्त संवेदनशील ठाउँ भएकाले स्वास्थ्य सुरक्षाका ‘पोर्टोकल’ पूर्ण रूपमा पालना गर्न र गराउन विमानस्थल सक्षम रहेको केसीको दावी छ ।
वायुसेवा सञ्चालक कम्पनीले पनि विमान सेवा सञ्चालनको सम्पूर्ण तयारी गरिसकेका छन् । सरकारले यसअघि नै कारोना जोखिम नसकिएसम्मका लागि हवाई उडान सञ्चालन गर्दा अपनाउनुपर्ने सुरक्षा निर्देशिका जारी गरेको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु