भन्सार छुटाउन र एक्सचेन्ज चार्जको नाममा ४८ लाख ५४ हजार ठगी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

भदौ १, काठमाडौं । सिन्धुली घर भएकी कविता सँग मार्के आरोन नामको विदेशीको सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत चिनजान भयो । लन्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर दावी गर्ने ती विदेशीले नेपाल आएर विवाह गर्ने प्रलोभन देखाए । कविता लोभमा परिन् । लकडाउनपछि नयाँ वर्षमा हिराको औंठी, सुनको सिक्री र २ लाख ३० हजार बेलायतको पैसा ‘पाउण्ड’ पठाएको छु भनेर पार्सलको फोटो पठाए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

भन्सार छुटाउन र एक्सचेन्ज चार्जको नाममा कविताले सिन्धुलीबाट ४८ लाख ५४ हजार पठाईन् । पैसा गयो तर, सामान आएन् । बेलायतको डाक्टर हुँ भन्ने ती विदेशी नेपालमा बसेर उनलाई ठगिरहेका थिए । तर, लोभमा पर्दा ती युवतीले ४८ लाख गुमाएकी छिन् ।

महङ्गो उपहार र पाउण्ड स्ट्रलिङ पठाएको नाममा काठमाडौंमा बसेर ठगी धन्दा चलाउने गणतन्त्र डी एंगोलाका नागरिक सिल्भा एन्टोनियो डाकोस्टालाई महानगरीय अपराध महाशाखाले पक्रेको छ । शुक्रवार उनलाई ठमेलबाट पक्राउ गरिएको मशाहाखाका प्रहरी बरिष्ठ उपरीक्षक ९एसएसपी० दिपक थापाले जानकारी दिए । सामाजिक सञ्जालमा नाम र पेशा ढाँटेर उनले ठग्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

सामाजिक सञ्जालबाट चिनजान गरेर अर्का पीडितलाई बहुमूल्य सामानको भन्सार छुटाउन मागेको २० लाख लिन लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनले लोभ देखाएर अर्की एक युवतीबाट पनि ३७ हजार लिएको खुलेको छ । सिल्भा एन्टोनियोले केमिकलको प्रयोग गरेर नक्कली नोट समेत बनाउने गरेको थाहा भएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु