भन्सार हुँदै भित्र्याईएको नयाँ गाडीबाट ३३ थान मोबाइल बरामद

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

गोल्छा समूहले झिकाएको फोर्ड कम्पनीको गाडीबाट तस्करीको मोबाइल बरामद भएको छ । वीरगञ्ज भन्सार कार्यालय हुँदै भित्र्याउन लागिएको नयाँ गाडीबाट ३३ थान मोबाइल बरामद भएको हो ।
गोल्छा समूहको जीओ अटोमोबाइल्सले मगाएको फोर्ड गाडी शनिबार चेकजाँच गर्दा विभिन्न ब्रान्डका ३३ थान मोबाइल बरामद भएको भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत विमलकुमार साहले बताए । जीओले जाँचपासको लागि पेस गरेका १९ वटामध्ये २ वटा गाडीमा रेड मी, रेड आई र ओप्पो ब्रान्डका मोबाइल भेटिएको थियो ।
‘एउटामा ८ वटा मोबाइल बरामद भएपछि सबै गाडीको खानतलासी गर्यौं, अर्कोबाट थप २५ ओटा मोबाइल बरामद भएको छ,’ उनले भने, ‘भन्सार जाँचपास प्रक्रियाकै क्रममा मोबाइल बरामद भएकोले थप अनुसन्धान सुरु गरेका छौं ।’ भारतीय एकीकृत भन्सार जाँच चौकी (आईसीपी) हुँदै नेपालतर्फको आईसीपीमा भित्र्याइएको गाडीमा मोबाइल भेटिएपछि भन्सार कार्यालयले त्यसको अनुसन्धान सुरु गरेको छ ।
नयाँ गाडीमा लुकाएर अवैध रुपमा मोबाइल भित्र्याउन खोजेपछि अनुसन्धान सुरु गरिएको सूचना अधिकारी साहले बताए । ‘सानो सानो पोका बनाएर मोबाइल ल्याइएको रहेछ, चालकको बदमासी हो वा यसमा अन्यको पनि संलग्नता छ भन्नेबारे
अनुसन्धान गरिरहेका छौं,’ साहले भने, ‘अनुसन्धानबाट दोषी ठहरिने सबैलाई भन्सार ऐनअनुसार कारबाही हुन्छ ।’
भन्सार ऐनअनुसार मुद्दा पक्रिया अगाडि बढाउँदै चालकलाई अनुसन्धानका लागि बोलाउँदा उपस्थित हुने गरि तारेखमा छोडिएको भन्सार कार्यालयले जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु