भाडा तिर्न नसक्नेलाई घरनिकाला नगर्न सर्वोच्च अदालतको आदेश

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 137
  •  
  •  
  •  
  •  
    137
    Shares

श्रावण १६, काठमाडौं । लकडाउन अवधिमा भाडा तिर्न नसक्नेलाई घरनिकाला नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका नाममा उक्त आदेश जारी गरेको हो ।
सर्वोच्चले घरभाडामा बस्ने व्यक्तिलाई दुव्र्यवहार नगर्न पनि भनेको छ । दुर्व्यवहारका घटनामा स्थानीय वडा कार्यालयमार्फत सुपरिवेक्षण गर्न पनि अन्तरिम आदेशमा भनिएको छ ।
नेपाल पिछडा वर्ग महासंघका तर्फबाट संस्थाका अध्यक्ष गजेन्द्र ठाकुरलगायतले सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा घरधनीले भाडाका विषयमा निकाल्ने तथा दुव्र्यवहार गर्ने गरेको, बहाल तिरेको रसिद नदिएको, वडा कार्यालयले भने राहत दिन यस्तो रसिद माग गरेकोलगायत प्रश्न उठाइएको छ ।
सर्वोच्चले भाडामा बस्नेले मागेको खण्डमा कर तिरेको रसिद दिन आदेश दिएको छ । रिटमा लकडाउन अवधिमा श्रमजीवी एवम् मजदुर वर्गको कुनै आम्दानी नभएकाले भाडा तिर्न नसक्ने भन्दै छुट दिनुपर्ने माग थियो ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण जनजीवन प्रभावित बनेको थियो । गत चैत ११ गतेदेखि झन्डै चार महिना घरभित्रै बस्नुपरेको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु