भारतका सिनेमा हल भोलिदेखि सञ्चालनमा आउँदै, तन्हाजी’ देखि ‘वार’ सम्मका फिल्म रि-रिलिज हुने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 3
  •  
  •  
  •  
  •  
    3
    Shares

कोभिड १९ का कारण सात महिनादेखि बन्द रहेका भारतका सिनेमा हल भोलिदेखि सञ्चालनमा आउँदैछन् । कोरोना महामारी भन्दा अगाडि प्रदर्शनको तयारीमा रहेका ठूला फिल्म अहिले प्रदर्शनका लागि अगाडि नसरेपछि हल सञ्चालकहरु पुरानै फिल्म रि-रिलिज गर्न बाध्य भएका छन् । बिहीवारबाट भारतका सिनेमा हलमा पुराना सुपरहिट फिल्म रिलिज हुँदैछ । ट्रेड एनालिस्ट तरण आदर्शले बिहीवारबाट सिनेमा हलमा रि-रिलिज हुने फिल्मको जानकारी दिएका छन् । उनले ट्विटरमा लेखेका छन्, ‘यो हप्ताबाट सिनेमा हल खुल्दैछ । ६ हिन्दी फिल्म यो हप्ता रि-रिलिजका लागि घोषणा गरिएको छ । यसमा ‘तन्हाजी, वार, शुभ मंगल ज्यादा सावधान, मलंग, थप्पड र केदारनाथ’ सामेल छन् । आगामी दिनका लागि अरु फिल्म तयारी गरिँदैछ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यी फिल्ममध्ये स्वर्गीय सुशान्त सिंह राजपूत स्टारर फिल्म ‘केदारनाथ’ २०१८ मा रिलिज भएको थियो । सुशान्तका प्रशंसकलाई ट्रीट दिनका लागि निर्माण टिमले फिल्मलाई रि-रिलिज गर्न लागेको हो । अभिषेक कपूरले निर्देशन गरेको फिल्ममा सुशान्तले अभिनेत्री सारा अली खानसँग रोमान्स गरेका थिए । यो रोमान्टिक स्टोरी दर्शकले निकै रुचाएका थिए । फिल्म सुपरहिट भएको थियो । कोरोनाको संक्रमण फैलिन नदिन भारत सरकारले मार्चबाट सिनेमा हल बन्द गर्ने घोषणा गरेको थियो । जसका कारण कयौं ठूला फिल्म प्रदर्शनमा आउन सकेनन् । कति फिल्म हल खुल्ने टुंगो नहुँदा ओटीटी प्लेटफर्ममा रिलिज भए । सिनेमा हल खुलेपछि अब केही ठूला फिल्म रिलिजका लागि पाइपलाइनमा छन् । ‘सूर्यवंशी’ दिपावली र ‘८३’ क्रिसमसमा रिलिज हुने तयारीमा छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु