भारतको अन्डमान टापुमा बस्ने ग्रेट अन्डमानिजमा पनि देखियो कोरोना

भारतको अन्डमान टापुमा बस्ने दुर्लभ जाति ग्रेट अन्डमानिज

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 23
  •  
  •  
  •  
  •  
    23
    Shares

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

भारतको अन्डमान टापुमा बस्ने दुर्लभ जातिमा पनि कोरोना संक्रमण देखिएको छ । भारतीय स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार सो टापुमा रहने ग्रेट अन्डमानिज जातिका ४ जनामा कोरोना संक्रमण देखएिको हो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

कोरोना संक्रमण देखिएका अन्डमानिज जातिका दुई जनालाई अस्पतालमा भर्ना गरिएको र दुई जनालाई एक केयर सेन्टरमा क्वारेन्टाइनमा राखिएको अधिकारीहरुले जानकारी दिएका छन् । हाल यस जातिका जम्मा ५३ जना सदस्य मात्रै जीवित रहेको मानिएको छ । दक्षिण हिन्द महासागरमा रहेको अन्डमान निकोबर द्वीपमा हालसम्म करिब ३ हजार संक्रमित देखिएका छन् । ४१ जनाको मृत्यु भइसकेको छ।

बरिष्ठ स्वास्थ्य अधिकारी अभिजित रायले गतसाता यस जातिका ५३ जनाको कोरोना परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको जानकारी दिएका छन् । यस जातिबाट त्यहाँका अन्य लोपउन्मुख जातिमा पनि संक्रमण नफैलियास् भनेर सचेतता अपनाइएको स्वास्थ्य अधिकारी रायले बताए । यो दीपमा लोपउन्मुख ५ जातिहरुको बसोबास रहेको छ । जसमा ग्रेट अन्डमानिज, जारावा, नर्थ सेन्टिनेलिज, ओङ् र सोम्पेन जाति रहेका छन् । यन्य जातिमा पनि कोरोना परीक्षणको तयारी भइरहेको स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

यसमध्ये जारावा र नर्थ सेन्टिनेलिज जनजाति आम व्यक्तिहरुको सम्पर्कमा आएका छैनन् । यसमा नर्थ सेन्टिनेलिज जातिका मानिस त बाहिरी व्यक्तिहरुप्रति आक्रामक रुपमा प्रस्तुत हुन्छन् । त्यसैले उनीहरु बस्दै आएको टापुमा अन्यलाई जाने अनुमति दिइएको छैन ।

सन २०१८ मा जोन एलेन नामका एक अमेरिकी यस टापुमा प्रवेश गर्ने प्रयास गरेका थिए । उनलाई नर्थ सेन्टिनेलिज जातिका मान्छेहरुले धुनुषवाणले आक्रमण गरेको थिए । यहाँका जनजातिको बारेमा अध्ययन गर्दै आएको लण्डनस्थित सर्भाभल इन्टरनेशनलका अनुसार सन १८५० मा बेलायतले यस टापुलाई उपनिवेश बनाउँदा यहाँ ग्रेट अन्डमानिज जातिका करिब ५ हजार जनसंख्या थियो । बाहिरी व्यक्तिहरुको त्यहाँ प्रवेशपछि नयाँ रोग देखा पर्यो र उनीहरुको मृत्यु हुन थाल्यो त्यसपछि लगातार यिनीहरुको जनसंख्या घट्न थाल्यो ।

सर्भाभल इन्टरनेशनलका शोधकर्ता सोफी ग्रीगले ग्रेट अन्डमानिज जाति कोरोना संक्रमण देखिएको खबरले आफू निकै चिन्तित रहेको बताएका छन् । यसअघि पनि यिनका पुर्खाहरु ठूलो यस्तै महामारीको चपेटामा मरेको उनले जानकारी दिएका छन् । अन्डमानिज भाषा बोल्ने अन्तिम व्यक्तिको ८५ वर्षको उमेरमा सन २०१० मा मृत्यु भइसकेको छ ।

यसै द्वीपमा बसोबास गर्ने अर्को दुर्लभ जाति जारावाका सदस्यहरुलाई जंगलको छुट्टै भागमा पठाइएको छ । कोरोना संक्रमण संक्रमणबाट सुरक्षित रहुन भनी ४७६ सदस्य रहेका यस जातिलाई अलग्गै भागमा पठाइएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । यी जातिका व्यक्तिहरु अन्डमान द्वीपको दक्षिण र मध्य भागमाको जंगल क्षेत्रमा बस्दै आएका थिए ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु