भारतको उत्तराखण्डमा भीषण हिमपहिरो, डेढ सयभन्दा बढी बेपत्ता भएको आशंका

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

भारतको उत्तराखण्डको चमोली जिल्लाको हिमाली क्षेत्रमा आइतबार बिहान गएको हिमपहिरो र धौलीगंगा नदीको बाढीले ठूलो मात्रामा जनधनको क्षति पुर्याएको छ । भारतीय सन्चारमाध्यमहरुका अनुसार उत्तराखण्डको जोशी मठक्षेत्रस्थित हिमाली क्षेत्रमा बिहान करीब दस बजेको आसपासमा हिमपहिरो गएको थियो । त्यसपछि धौलीगंगा नदीमा आएको बाढीले चमोली जिल्लाको राइना गाउँस्थित ऋषिगंगा जलविद्युत परियोजना र बाँधमा क्षति पुग्नुका साथै त्यहाँ कार्यरत डेढ सयभन्दा बढी कर्मचारी बेपत्ता भएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

बाढीका कारण दुईवटा जलविद्युत परियोजना र बाँधमा क्षति पुगेको छ । सबैभन्दा बढी क्षति निर्माणाधीन ऋषिगंगा जलविद्युत परियोजनामा भएको छ । त्यसैगरी सञ्चालनमा रहेको धौलिगंगामा जलविद्युत परियोजनामा पनि क्षति पुगेको छ । भारतीय सन्चारमाध्यमहरुले उत्तराखण्ड सरकारलाई उद्धृत गर्दै दिएको जानकारीअनुसार बाढीका कारण करीब डेढ सयजना बेपत्ता छन् । यो संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ । उत्तराखण्ड चमोली र आसपासको क्षेत्रमा पश्चिम नेपालबाट हजारौंको संख्यामा नेपालीहरुका रोजगारीका लागि जाने गर्छन् । पछिल्लो घटनामा नेपालीहरुसमेत परेको आंशका गरिए पनि पुष्टि भएको छैन ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

स्थानीय प्रशासनले अलकनन्दाका तल्लो तटीय क्षेत्रमा ‘हाइअलर्ट’ जारी गर्दै आसपासका क्षेत्रलाई तत्काल खाली गाली गर्न निर्देशन दिइसकेको बताइएको छ । साथै उत्तरप्रदेशका गंगा नदीका तटीय क्षेत्रमा पनि सतर्कता अपनाउन प्रदेश सरकारले सूचना जारी गरिसकेको छ । उद्धारका लागि केन्द्र सरकारले विशेष टोली दिल्लीबाट पठाइसकेको बताइएको छ । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार उद्धारका लागि देहरादुनबाट करीब ३ सय किलोमिटर टाढा रहेको हिमपहिरो गएको क्षेत्रमा उद्धारकर्मीहरुलाई जहाजबाट उतारिएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु